काठमाण्डौ,, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ३ घण्टा लामो वान टू वान वार्ता सकिएको छ ।
आज बिहान १० बजेदेखि शुरू भएको छलफलमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकताबारे कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार अध्यक्षद्वयबीच पार्टी एकतालाई टुंगोमा पूर्याउने बिषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।