माल्दिभ्सका सांसदलाई संसद भवन प्रवेश गर्न खोज्दा यसरी हुत्यायो सेनाले

831
views

माले, ३ फागुन । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा बुधबार सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ ।

त्यहाँको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले केही तस्वीर ट्वीट गरेको छ । तस्वीरमा सेनाका जवानले सांसदहरुलाई उचाल्दै संसद भवनको कम्पाउन्ड बाहिर फालेको देखिन्छ ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा गरेका छन् । विपक्षीहरुले भने राष्ट्रपतिको कदमको चर्को आलोचना गर्दै आएका छन् ।

माल्दिभ्सको संसद भवन सेनाको घेराबन्दीमा छ । विपक्षी नेता अब्दुल सतारका अनुसार सेनाले संसद भवन जान खोजेका सांसदलाई बाहिर फालेको छ । प्रधानन्यायाधीश अब्दुल्ला सइदले आफ्नो कार्यालयमा देशको परिस्थितिबारे धारणा राख्न खोज्दा उनलाई पनि जबरजस्ती तानेर लगिएको सतारको दावी छ ।

पूर्वप्रधानमन्त्री मौमुन अब्दुल गैयुम, प्रधानन्यायाधीशसहित विपक्षी केही नेतालाई सरकारले नजरबन्दमा राखेको छ । (एजेन्सी)