बालुवाटार सर्दै प्रधानमन्त्री ओली

890
views

काठमाण्डौ, ६, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओली अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।