न्यायको सपना साकार पार्ने युगको प्रारम्भ–प्रधानमन्त्री

696
views

काठमाडौँ ७, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताए ।

प्रधानमन्त्री ओलीले ६८ औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई संबोधन गर्दै भने ‘सुखी नेपाली र समृद्ध नेपाल’ को यात्रामा सबै नेपालीले हातेमालो गर्नुपर्ने युगको प्रारम्भ भएको छ ।’

ओलीले ‘जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको बताए ।

‘जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अबको हाम्रो कार्यदिशा हुनेछ,’ प्रधानमन्त्रीले भने ‘‘मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सबै नेपालीलाई आह्वान गर्दछु ।’’