वैद्यले दिए बाम नेतृत्वको सरकारलाई फाँसिवादको संज्ञा

नेकपाका नेता कार्यकर्ताको रिहाईको माग

850
views

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले बाम नेतृत्वको सरकारका क्रियाक्लापलाई फाँसिवादको संज्ञा दिदैं गिरफ्तार गरिएका नेकपाका कार्यकर्ताको रिहाईको माग गरेको छ ।

सो पार्टीका महासचिव मोहन वैद ‘किरण’ ले आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपाका नेता हेमन्त प्रकाश ओली र पदम राई सहितका दर्जनौ कार्यकर्तालाई बाम नेतृत्वको फाँसिवादी सरकारले शसस्त्र प्रहरी मार्फत पक्राउ गरेको भन्दै रिहाईको माग गरेको हो ।

सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा हस्ताक्षरीत विज्ञप्ती मार्फत नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा मोर्चाले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सरकारद्वारा शसस्त्र प्रहरी मार्फत हस्तक्षेप गरी नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै विरोध जनाउँदै रिहाईको माग गरेको हो ।

विज्ञप्तीमा बाम कम्युनिष्ट बताउने सरकारद्वारा गरिएको फसिवादी हस्तक्षेप, दमन तथा गिरफ्तारीको घोर भत्र्सना गरिएको छ ।