‘भद्रगोल’की रक्षा आमाको भूमिकामा देखिइन् (भिडियो)

861
views

काठमाण्डौ, ९ फागुन । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक भए लगत्तै यसले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ ।

गायक तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको मर्मलाई बाबुको आँखाबाट ऐनाजस्तै छर्लग पारेको छ ।

यो भिडियोमा निर्देशक तुलाले ठूलो मेहेनतका साथ काम गरेका छन् । भर्खरै जन्मिएको बच्चालाई माघ महिनाको जाडोमा ठूलो जोखिम मोलेर काम गर्दा निकै नै चुनौती आइपरेको बताउँछन् ।

बच्चासँग अत्यधिक रम्न मन पराउने तुलाले यो भिडियोमा मात्रै ४ जना बाल लाकारहरुलाई खेल्ने मौका जुराइदिएका छन् ।

भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३ जना बालकलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई अजुर्न सापाकोटाले छायांकन गरेका हुन् भने मोती कार्कीले सम्पादन गरेका हुन् ।