माओवादी केन्द्र विचारलाई श्रद्धाञ्जली दिएर एमालेमा विलय–गुरुङ

718
views

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य के.बी.गुरुङले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरुलाई एकीकरण र ध्रुवीकरण गर्ने अभियानमा आफुहरु लागेको बताउनुभएको छ ।

उहाँले क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्द गर्न पाटीले अगुवाई गरिरहेको पनि बताउनु भयो । पार्टीले चलाएको तीन महिने अभियान अन्तरगत पार्टीको बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदैं नेता गुरुङले सो बिचार व्यक्त गर्नुभएको हो ।

एमाले–माओवादी केन्द्रबीच एकता भएपछि असन्तुष्ट बनेका क्रान्तिकारी बिचार बोकेकाहरुलाई पार्टीले धु्रवीकरण गदैं जाने उहाँले बताउनु भयो । उहाँले एमाले–माओवादी केन्द्रबीचको एकतालाई बिचारलाई तिलाञ्जली दिएर एमालेमा विलय गरेको टिप्पणी गर्नुभयो । दुई पार्टीबीचको एकता कम्युनिष्टहरुको एकता नभई दक्षिणपन्थीहरुको साठगाँठ भएको आरोप उहाँले लगाउनु भयो । उहाँले पार्टीले चलाएको अभियान सफल पार्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य समिर केसीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि पार्टीले तीन महिने अभियान चलाएको बताउनु भयो । कार्यक्रममा पार्टी, रुपन्देहीका सचिव केजी कुमार पौडेल, देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीका अध्यक्ष आरपी पोख्रेल लगायतले बोल्नुभएको थियो ।