संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पनि सेना दिवस

1022
views

काठमाण्डौ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ फौज खटाउन शूरु गरेको ६० बर्ष पूगेको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सेना दिवस सम्पन्न गरेको छ। नेपाली उच्च प्रतिनिधि मण्डलको सहभागितामा सेनाल सेना दिवस मनाएको हो । कार्यक्रममा नेपालबाट रक्षा सचिव विनोद केसीको नेतृत्वमा नेपाली सेनाका उपरथी जगदीश चन्द्र पोखरेल र सहायक रथी दामोदर थापा सहितको तीन सदस्यीय प्रतिनिधि मण्डल युन। एच। क्यू न्यूयोर्क प्रस्थान गरेको थियो ।

सेना दिवस २०७४ को उपलक्ष्यमा गते नेपाली सेनाद्वारा युन.एच.क्यु.मा आयोजित रात्री भोजमा युन.एच.क्यु. का डिपार्टमेण्ट अफ पिस किपिङ अप्रेशन, डिपार्टमेण्ट अफ फिल्ड सर्पोट डिएफएसका अण्डर सेक्रेटरी जनरल लगायतमन उच्च पदस्थ व्यक्तिहरु, विभिन्न देशका राजदूतहरु र सैनिक सल्लाहकारहरुको समेत सहभागिता रेहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली प्रतिनिधि मण्डलले डिपिकेओ, अण्डर सेक्रेटरी जनरल जेन पिअरे ल्याक्रोईक्स, डिएफएसका अण्डर सेक्रेटरी अतुल खरे, ओएमएका मिलिटरी एडभाईजर जनरल कार्लोस लोईट र सिओएसका व्रिग जेन ईल हज्जी बब्कार फेई संग भेटघाट गरेको थियो ।

कार्यक्रककम रक्षा सचिव विनोद केसी जनरलहरुबीच भएको भेटमा युनाईटेड नेसन डिपार्टमेण्ट अफ पिस किपिङ अपरेसन सेक्रेटरी जनरलले नेपालको शान्ति स्थापना कार्यका प्रशंसा गर्दै नेपाल एक महत्वपूर्ण टि/पिए रहेको बताउनुभयो ।