कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु

652
views

धदिङ, १५ फागुन । बेनिघाट रोराङ गाउँ पालिकाको वडा नम्बर ३ मा कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ।मंगलबार बिहान ८ बजे तिर भएको दुर्घटनामा भारत मोतिहारीका अब्दुल अन्सारी र मन्डुल अन्सारीको मृत्यु भएको हो ।

ट्याक्टरबाट चलाउने उक्त मेसिन पड्कदा त्यसका सामानहरु २ सय मिटर परसम्म पुगेका थिए । पाटपूर्जा उछिट्टिएर काम गरिरहेका मजदुरलाई लाग्दा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।