कांग्रेस संसदीय दलको नेतामा देउवा

884
views

काठमाण्डौ, २१ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

देउवा ४४ मत पाएर निर्वाचित भएका हुन् । सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।