सुरेन्द्र न्यौपानेको ‘देउरालीको चौतारीमा’ सार्वजनिक (भिडियो सहित)

926
views

पर्वत, २२ फागुन । अभावले घेरिएको प्रेम, तुषारोले खाएको घंगरुको पोथ्रा जस्तै हुन्छ, त्यहि तुषारो फटाउन प्रेमी बिदेशिन्छ भने यता प्रेमिका चौतारीको एक्लो पिपल झैँ हुन्छिन । यस्तै कथा समेटेर सुरेन्द्र न्यौपानेको शब्दमा ‘देउरालीको चौतारीमा पर्खि बस्नु है’ आधुनिक गित सार्वजनिक भएको छ ।

https://www.facebook.com/baland.rai.5/videos/1550248011764570/

गितमा संगितकार वालन्द राईको संगित रहेको छ । उक्त गितमा स्वरुपराज आचार्य र देशु सुहाङ्गले स्वर दिएका छन् । गितको एरेन्ज साज सिंहले गरेका छन् ।