ओली र प्रचण्डले भनेको समाजवाद प्रतिक्रियावाद होः गजुरेल

761
views

काठमाण्डौ, २२ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले ओली र प्रचण्डले भन्ने गरेको समाजवाद वास्तविक समाजवाद नभइ दलाल पुँजीवादमा आधारित प्रतिक्रियावादी व्यवस्था भएको बताएका छन् ।

ललितपुरको कुपण्डोलमा क्रान्तिकारी माओवादीको काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रुपमा आयोजना गरेको ‘शहीद वेपत्ता परिवार सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

नेपालमा नयाँ ढंगले प्रतिक्रान्ति हुन पुगेको भन्दै नेता गजुरेलले क्रान्तिको मूल नेतृत्वनै प्रतिक्रान्तिको पनि मूल नेतृत्व बन्न पुगेको आरोप लगाए ।

दशवर्ष लामो जनयुद्ध देशमा जनगणतन्त्र ल्याउनको लागि भएको स्मरण गर्दै नेता गजुरेलले त्यो उद्देश्य तर्फ क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर मात्र शहीद, वेपत्ता तथा घाइते योद्धा लगायत परिवर्तनका पक्षधर जनताको सपना पुरा गर्न सकिने उल्लेख गरे ।