स्वैच्छिक अवकाश लिने कर्मचारी विवरण संकलनको काम सकियो

1028
views

काठमाण्डौ, २, चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशका गएको फागुन १३ देखि अवकाश दिन निवेदन दिएका कर्मचारीको विवरण संकलनको काम पुरा भएको हो ।

मन्त्रालयको स्वैच्छिक अवकाश एकाइ शाखाका प्रमुख धर्मराज रोकायाका अनुसार समयसिमाभित्र अवकास निवदन आईसकेको बताए । उनले जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको बताए ।

प्रमुख रोकायाका अनुसार संकलित विवरणलाई अहिले पहिलेको सक्कल विवरणसँग रुजु गर्ने कार्य भइरहेको छ । धेरैको संख्यामा आएको विवरणलाई रुजु गर्न करिब तीन महिना लाग्ने रोकायको भनाई छ ।

सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत २९ पुसदेखि १३ फागुनसम्म स्वैच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी तीन सचिवसहित नौ हजार ६५६ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मन्त्रालयका उपसचिव रोकायाले बताए ।

सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वैच्छिक अवकाशको योजना ल्याएको हो ।