अवैध रुपमा करेन्ट प्रयोग गरी माछा मार्ने पक्राउ

788
views

पर्वत, ५ चैत । पर्वतका खोला नदीमा अवैध रुपमा करेन्टको प्रयोग गरी माछा मार्ने समुहलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खाटिएको प्रहरी टोलीले पक्राउ गरी कार्वाही गरेको छ । प्रहरीले यसै महिनामा आठ जनालाई करेन्ट प्रयोग गरी माछा मारी रहेको अवस्थामा व्याट्री र अन्य विधुतिय सामाग्री सहित पक्राउ गरेको छ ।

प्रहरीले डिमुवा, पातिचौरमा रहेको मोदी खोला र कालीगण्डकी नदीवाट नियन्त्रणमा लिईएको थियो । पक्राउ पर्नेमा कुश्मा नगरपालिका–८ का ४२ बर्षिय वुद्धी सागर श्रेष्ठ, मोरङ जिल्ला केरावारी गाउँपालिका–९ का २२ बर्षिय मिलन श्रेष्ठ, पर्वत कुश्मा नगरपालिका–४ बस्ने २८ बर्षिय सन्तोष कार्की, कुनपा–४ का ३४ बर्षिय जिवन सुवेदी रहेका छन् ।

यस्तै पक्राउ पर्नेमा कुनपा– ४ का ३२ बर्षिय कुमार खत्री, कुनपा–४ का ३१ बर्षिय संगम पुन कुनपा– ४ कै २६ बर्षिय सुमन कार्की, सोही नगरापालिका बस्ने २१ बर्षिय ललित पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जनाएका छन् ।