निजामती कर्मचारी युनियनमा पोखरेल, सपथ आजै

868
views

पर्वत, ७ चैत । नेपाल निजामती कर्मचारी युनियन (संघ)को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भए ।

कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भएका छन् ।
महासचिवमा सुवास कोइराला निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिए ।

नवनिर्वाचित पदाधीकारीहरुले आज शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिए । संंघको तीनवर्षीय कार्यकाल रहेको छ ।

महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए । महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।