प्रधानमन्त्री भन्छन्ः प्रदेशले केन्द्रको मुख ताकेर बस्नुहुँदैन्, स्वच्छ प्रतिष्पर्धा गर्नुपर्छ

727
views

काठमाडौँः सिंह दरबारमा आयोजित सात प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरु विकासका लागि एक भएर लाग्नुपर्ने बताए ।

ओलीले अब राजनीतिक दलहरु विकासका लागि कार्यदल बन्नुपर्नेमा जोड दिए । सिंदरबारमा बुधबार आयोजित बैठकलाई सम्बोधन गर्दै सबै दलहरु देश विकासमा सक्रिय हुनुपर्ने समय आएकोमा जोड दिए ।

बैठकमा ओलीले भने ‘हामी राजनीतिक दलहरु देश विकासका लागि कार्यदल जस्तै बन्न सक्नुपर्छ’, देशमा स्थायित्व र विकास तथा गरिबी निवारणलाई प्रमुख एजेन्डा बनाएर हामी हिँड्न सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकारका समस्यालाई आफूले गम्भीर रुपमा लिएको बता पनि उल्लेख गरे । ओलीले एक प्रदेशले अर्को प्रदेशसँग विकासका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘प्रदेशहरुबीच विकासका लागि स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने, ‘अब गरिबी हटाउनुपर्छ, तराई–मधेसमा जाडोले कोही पनि मर्नु हुँदैन ।’

ओलीले प्रदेश सरकारले केन्द्रको मात्रै मुख ताकेर बस्न नहुने बताउँदै आन्तरिक श्रोतको बढी भन्दा बढी परिचालनमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।
चीन–भारतसँग सहकार्य
प्रम ओलीले नेपालका लागि सबै छिमेकी देश उस्तै रहेको बताए । मुख्यमन्त्रीहरुसँगको बैठकलाई सम्बोधन गर्दै ओली दुई ठुला छिमेकी चीन–भारतसँग समदुरीमा रहेर देश विकासका लागि सहयोग लिनुपर्ने बताए ।