शिवालयका शिक्षकहरुलाई दशदिने आधारभूत व्रेइललिपि तालिम

751
views

महेन्द्र जिसी
पर्वत । २१ विद्यार्थी दृष्टिविहीन रहेको शिवालय माविका शिक्षकहरुले व्रेईल लिपि सम्बन्धी दशदिने तालिम दिइएको छ । दृष्टिविहीन विद्यार्थीहरुलाई अध्यापन गराउने शिक्षकहरुलाई तालिम दिइएको हो । गत फाल्गुन २८ गते देखी चैत्र सात गतेसम्म तालिम सञ्चालन गरिएको थियो ।

तालिममा व्रेईल लिपिमा साँहु अक्षर र जोड, घटाउ, गुणन तथा वाक्य बनाउने, लेख्ने र बाहारखरी सिकाइएको हो । विद्यालयका दृष्टिविहीन शिक्षक पुर्ण हरि रेग्मीले शिक्षकहरुलाई तालिम दिएका थिए ।

कुश्मा नगरपालिका ईम्प्रेड नेपालको सहयोगमा तालिमको आयोजना गरीएको हो । दृष्टिविहीन श्रोत कक्षाको रुपमा विकास हुन लागिरहेको विद्यालयले सबै शिक्षकहरुलाई आधारभुत व्रेईल लिपिको तालिम दिइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले विद्यालयलाई दृष्टिविहीन श्रोत कक्षाको रुपमा विकास गराउन शिक्षकहरुलाई व्रेईल शिक्षा अनिवार्य गरीएको हुँदा तालिम मार्फत शिक्षकहरुलाई व्रेईल शिक्षा दिन लागिएको बताए ।

तालिममा विद्यार्थीहरुले गरेको गृह कार्य जाँच गर्न तथा विद्यार्थीहरुले नबुझेको बारेमा प्रष्ट पार्न पनि लिपिको खाँचो भएका कारण तालिमको आयोजना गरिएको विद्यालय शिक्षक लेखनाथ उपाध्यायले बताए ।

वाल कक्षा देखी कक्षा दशसम्म अध्यापन गराउने दुई दर्जन शिक्षकहरु सहभागि रहेका थिए । विद्यालयका प्रअ भुपेन्द्र चापागाईले दशदिने तालिमले शिक्षकहरुमा व्रेईल ज्ञानको भोग जागेको बताउँदै आगामी दिनमा उच्च स्तरको तालिम प्रदान गरीने बताए ।

कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष रुद्र गिरीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सञ्चालन प्रअ चापागाईले गरेका थिए ।