नुवाकोट दरबारमा मनाइयो ऐतिहासिक सिन्दुरे जात्रा

1253
views

नुवाकोट । नुवाकोटको ऐतिहासिक स्थल नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ । सो जात्रा महिना दिन सम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा मनाइने गरिन्छ । नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०७४ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो ।

नुवाकोटको सवै भन्दा ठुलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र बुढी देवता अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्वितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् ।

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्रयाईन्छ ।

देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा र्पुयाएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिंदुर प्रदान गर्ने परम्परा रहेको छ ।

भैरवी मन्दिरको रथ अपरान्ह भैरबिका गुठियार लच्याङबासीहरुले भैरवी मन्दिर परिसरमा र्पुयाएका थिए । धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिर तर्फ प्रस्थान गराउदाँ श्रीनाथ गण देवीघाटका ५० भन्दा वढि नेपाली सेनाले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजा सहितले सम्मान गरेको थियो । भैरवी मन्दिरमा धामी धमिनी सहितको टोली पुगपछि २०७४ सालको सिन्दुरे जात्राको सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको थियो ।

तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न पछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि राखिने परम्परा रहेको छ । औपचारिक रुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने चैत २५ गते हुने सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिनुभयो । विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा महिना दिन सम्म जारी रहने शाहीले वताउनुभयो ।

वुढि भैरवी(देबि भैरबीको आमा) र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने छ । रथ पुगेको केही समय पछाडी धामी (धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा र्पुयाइएको थियो । धामीधमिनीलाई धरमपानीबाट नुवाकोट भैरवी मन्दिर प्रस्थान गराउदाँ प् जिल्ला प्रशसन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक , श्रीनाथ गण देवीघाटका गणपति , सैन्य तालिम केन्द्र त्रिशूलीका महासेनानी, अनुसार जिल्ला समन्वय समितिको कार्यालय नुवाकोट लगायतका जिल्लामा रहेको सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीय उपस्थिती रहेको थियो ।

यस बर्ष भैरवी गुठिका गुठियार रहेका लच्याङबासीले रथ बोक्न अस्वीकार गरे पनि सिन्दुर जात्रामा सदियौं देखिको परम्परा उनिहरुले कायम राखेका छन् । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्व बैशाख पुर्णिमा मेला अर्थात सिन्दुरे जात्रामा गत वर्ष नेपाली सेनाले रथ बोकेका थिए ।

देवीघाट पुगेका धामिधमिनी र बिभिन्न देवीदेवताका मुकुट पुनः धरमपानी हुँदै भैरवी मन्दिरमा र्पुयाएपछि महेश मर्दिनी मन्दिरमा विभिन्न बिधिद्धारा बिशेष पुजाअर्चना गरिने र तत्पश्चात् धामिद्धारा धमिनीलाई सिन्दुर लगाइनुकासाथै सर्वसाधारणद्धारा समेत सिन्दुरको टीका लगाई हर्षोल्लासका साथ सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ ।