ओलीलाई दिल्लीमा ‘गार्ड अफ अनर’, नेपाल र भारतको राष्ट्रिय धुन बजाएर स्वागत

880
views

दिल्ली २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री केपी ओलीलाई गार्ड अफ अनरसहित औपचारिक स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई दिल्लीमासम्मानपछि बोल्दै प्रधानमन्त्री ओली नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध अझै सुदृढ भएको बताए । उनले छिमेकीबीचको सम्बन्ध नवीकरण गरिरहुपर्ने बताउँदै आफू त्यसैका लागि भारत आएको पनि बताए ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रको गरिबी निवारणमा सहकार्य गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्न मिलेर काम गर्नुपर्ने बताउँदै ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पुर्याउन आफू भारत भ्रमणमा आएको बताए । ओलीलाई सम्मान दिइँदा नेपाल र भारतको राष्ट्रिय धून बजाइएको थियो ।