धनगढी र महेन्द्रनगर प्लेअफमा

871
views

धनगढी, २५ चैत । दोस्रो धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा घरेलु टोली टिम चौराह धनगढीले रुपन्देही च्यालेन्जर्समाथि जित निकाल्दै प्लेअफमा स्थान बनाएको छ । धनगढीले ३ रनको रोमाञ्चक जितपछि प्लेअफमा स्थान बनाएको हो ।

वर्षाले अवरुद्ध प्रतिस्पर्धामा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाले १–१ अंक बाँडे । एक अंक जोडेसँगै महेन्द्रनगर भाग्यमानी सावित हुँदै प्लेअफमा स्थान बनाउन सफल भएको हो ।

धनगढीको रोमाञ्चक जित
पहिलो खेल वर्षाले अवरुद्ध भएपछि दोस्रो खेल पनि हुने वा नहुने अन्योल छाएको थियो । मैदानलाई सुख्खा बनाउने प्रयास सफल भएपछि दोस्रो खेल ८ ओभरमा हुन सक्ने अम्पायरले जनाए । पहिलो ब्याटिङ गरेको घरेलु टोली धनगढीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनायो । धनगढीका सोनु तामाङले १४ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३४ रन बनाए । रोहन मुस्ताफाले १३ बलमा १५ रन बनाएका थिए । रुपन्देहीका सुशान भारीले ३ विकेट लिए ।

अंक तालिका

रुपन्देहीको पाँचौँ हार
रुपन्देही ८ ओभरमा ५ विकेट गुमाएर ७३ रन मात्र बनाउन सफल भयो । धनगढीका सागर पुनले १६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३३ रन बनाए । यसैगरी, दीपक प्रसादले १५ बलमा १६ रन जोडे । प्रतियोगितामा काठमाडौं र महेन्द्रनगर प्लेअफमा स्थान बनाइसकेका छन् । धनगढीले पाँच खेलमा ३ जित र २ हारसहित ६ अंक बनाउन सफल भयो । शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीले पाँचै खेल गुमाएको छ ।