जागिरे मानसिकताबाट माथी उठ्न शिक्षकलाई नगरप्रमुखको आग्रह

820
views

महेन्द्र जिसी
पर्वत, २७ चैत । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शर्माले समुदायमा सञ्चालित विद्यालयलहरुले समुदायको माग र आवश्यक्तालाई पहिचान गरी शिक्षक सिकाईको विकासमा जोडदिनुपर्ने बताउँदै शिक्षकहरुलाई जागिरे मानसिकताबाट माथी उठन आग्रह गरे ।

फलेवास नगरपालिका–२ थापाठानामा रहेको ग्रिन पिस ईङलिस वोर्डिङ स्कुलको नवौं वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै शर्माले यस्तो बताएका हुन्। शर्माले समय र समुदायको मागलाई संबोधन गर्दै शिक्षण सिकाई प्रक्रियामा जागरुक बन्न आग्रह गर्दै सबै विद्यालयमा हुने पढाईमा एकरुपता कायम गर्न आग्रह गरे ।

कार्यक्रममा वडा अध्यक्ष गंगा नारायण श्रेष्ठले विद्यालय सञ्चालनमा आएको छोटो समयमा नै सामुदायिक विद्यालयलाई नेतृत्व लिनसक्ने हैसियतमा पुगेको बताए ।

कार्यक्रमममा स्रोत व्यक्ति थानेश्वर शर्माले कुश्मा नगरपालिकाभित्रका सबै विद्यालयमा आगामी वर्ष देखी अनिवार्य अंग्रेजी माध्यमको शिक्षण शुरु गर्ने योजना बनाएको बताउँदै सोही अनसार पर्वत ग्रिन पिसले पनि राम्रो उपलब्धी हासिल गर्दै गएको बताए । उनले सामुदायीक विद्यालयहरु आवासीय विद्यालयकै पछाडी लाग्नुपर्ने समय आएको बताए

वार्षिक उत्सवका अवसरमा नर्सरी देखी कक्षा नौ सम्मका विभिन्न विधामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार मेडलले सम्मान गरीएको थियो । फलेवास नगरपालिका भित्र रहेको उक्त आवासीय माविमा झण्डै तीन सय विद्यार्थी संख्या रहेको विद्यालयले जनाएको छ ।