रियल मड्रिड र वायर्न म्युनिख सेमिफाइनलमा

624
views

काठमाडौं, चैत २९ । गएराति भएको खेलमा साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ । युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल दोस्रो लेगमा ३–१ ले पराजित भएको हो । रियल समग्रमा चार–तीन गोलअन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले ३–० को अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो ।

गएराति नै भएको अर्को खेलमा बार्यन म्युनिखले घरेलु मैदानमा सेभियासँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा बनाएको दुई–एकको अग्रताका कारण सेमिफाइनलमा प्रवेश ग¥यो । जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकालेको भए पनि सेभियाविरुद्ध भने बराबरी खेल्यो ।

बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धेरैपटक पुग्ने दोस्रो टिम हो । रियल मड्रिड १३ पटक पुगेको छ भने बार्यनको यो ११ औं च्याम्पियन्स लिगको सेमिफाइनल हुनेछ ।