सिरियामा हमला गरे अमेरिका र रुसबीच युद्व

1756
views

एजेन्सी । संयुक्त राष्ट्र संघका लागि रूसी दूत वसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा हमला गरेमा रूस र अमेरिकाबीच युद्ध निम्तिने चेतावनी दिएका छन् ।

उनल यो सम्भावना बढ्दै गएको भन्दै अमेरिकासँग हुने कुनै पनि तनावको अवस्थालाई नकार्न नसकिने पनि स्पष्टिकरण दिएका छन् ।

नेभेन्जिले अमेरिका र उसका मित्र देशमाथि आफ्नो आक्रामक नीतिका कारण अन्तरराष्ट्रिय शान्तिलाई खतरामा पारिरहेको पनि आरोप लगाएका छन् । उनले अहिलेको अवस्थालाई एकदमै खतरानाकको संज्ञा दिएका छन् ।

अबको केही घण्टामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इम्यानुएल मैक्रोन र ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेसँग कुरा गर्दैछन् । विद्रोही गुटको कब्जा रहेको इलाकामा भएको रसायन हमलाको जवाफ कसरी दिने भन्नेबारे तीन देशका नेताबीच वार्ता हुने बताइएको छ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोले सिरियाली सरकारले विद्रोही नियन्त्रित इलाकामा सिरियाली सरकारीपक्षबाट रसायनिक हतियारको प्रयोग गरी आक्रमण गरेको प्रमाण आफूहरुसँग रहेको बताएका छन् ।

तीन देशका नेताको भेटबाट विद्रोही नियन्त्रित इलाकामा भएको रासयनिक हमलाको जवाफ दिने या नदिने कुराको निचोड निकालिनेछ ।

समाचार अनुसार अमेरिकी अधिकारीहरुले डूमामा पीडितकव रगत र पिशावका नमुना लिएर गरिएको जाँचबाट क्लोरीन र एक नर्भ एजेन्ट पाइएको थियो । समाचार अनुसार यसविरुद्ध पश्चिमा देशहरु मिसाइल हमलाको तयारीमा छन् ।

रूसले यही कदमको विरोध गरेको हो । रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पहिले पनि यदि पश्चिमा देशहरुले यस्तो कदम चाले भने युद्धबाट केही गरी रोक्न नसकिने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ११ अप्रिलमा रूसलाई आफ्नो मित्र सिरियामा मिसाइल हान्न तयार रहन चेतावनी दिएका थिए । त्यसपछि ट्रम्पले ट्विट गर्दै सिरियामाथि हमला हुने निश्चित भएको तर कहिले र कतिखेर भन्ने कुराको टुंगो नभएको बताएका थिए ।