रोनाल्डोका ७ वर्षीय छोरालाई सर्वाधिक गोलकर्ताको ट्रफी

583
views

पोर्चुगल, वैशाख २ । स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरा जुनियर रोनाल्डो पनि पिता कै पथमा लम्किन थालेका छन् । जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् । उनलाई शनिबार सर्वा्धिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ ।

सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ । छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् । रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।