एमाले–माओवादी एकताः माओवादीको बटमलाइन सम्मान र समानता

1270
views

काठमाडौँ, ४, बैशाख । एमाले– माओवादी केन्द्रको एकता त्रासै त्रासले संयोजन समितिमै अल्झिएको छ । जनयुद्व शव्दावली, र सुर्य चिन्ह कि सुर्य चिन्हभित्र हँसिया हथौडा जस्ता विषयमा दुवै पार्टी त्रसित बनेका छन् । जस्ले गर्दा ओलीको भारत भ्रमण अगाडी नै हुने भनिएको एकता बैशाख ९ मा पु¥याइएको थियो ।

यस्तै विवादले वैशाख ९ का लागि तय गरिएको एमाले–माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने÷नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि मात्रै टुंगो लाग्ने भएको छ । दुवै पार्टीको संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तले दुवैलाई विलय भईने आशंका उब्जाएको छ जस्ले सहमती हुन सकेको छैन् ।

पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको ‘वन टु वन’ वार्ताले मंगलबार बिहानका लागि एकता संयोजन समितिको बैठक तय गरेको हो । मंगलबारको वार्तापछि दुई शीर्ष नेता वैशाख ९ मै दुई पार्टी एक गर्नेमा प्रतिबद्ध देखिएका छन् ।

आइतबार अपराह्नका लागि निर्धारीत एकता संयोजना समितिको बैठकमा सहभागी नभई सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाल सोमबार बिहान राजधानी फर्किएपछि दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको हो ।

दाहालले सोमबारको वार्तामा सम्मान र समानतासाथ पार्टी एकीकरण हुनुपर्ने र जनयुद्धलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘माक्र्सवादी–माले एकता भएझंै एमाले–माओवादी एकता पनि समानता र सम्मानजनक रूपमा हुनुपर्छ । दाहालको जिज्ञासाप्रति आफ्नो सम्मान रहेको बताउँदै ओलीले भनेका थिए, ‘यसबारे एमालेका आधिकारिक निकायमा कुरा राख्नेछु ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले नेताद्वय बीचको दुईघण्टा लामो छलफल सकारात्मक भएकै कारण मंगलबार एकता संयोजन समितिको बैठक तय भएको बताए । माओवादी नेता नारायण दाहालले नेताद्वयबीच एकता प्रक्रिया छिटोभन्दा छिटो टुंगोमा र्पुयाउन मंगलबार बिहान एकता संयोजन समितिको बैठक बस्ने र त्यहाँ खुला र खुलस्त वातावरणमा छलफल गर्ने सहमति भएको बताए ।

उनले एक प्रश्नमा भने, ‘समानता र सम्मानजनक आधारमा एकता हुनै पर्छ, प्रतिशतका आधारमा ५१ र ४९ सम्म मानिँदैन । माओवादीकै बटमलाइनका रूपमा सम्मान र समानताको एकता हो।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले हतारमा एकता गरेर फुर्सद्मा पछुताउन नहुनेमा जोड दिए । प्रचारमा आएझैं दुई सय ९९ जनाको केन्द्रीय समितिमा दुई सय एमाले र ९९ माओवादी भन्ने कुरा स्वीकार्य हुन नसक्ने उनले बताए। ओलीसँगको भेटपछि दाहाललाई भेटेका तामाङले माओवादी अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै भने, ‘करिब दुई घण्टा भएको वार्ता तपाईंहरूबाट उठेका कुरासमेत केन्द्रित भएको छ। एकता समानता र सम्मानजनक रूपमा हुनेछ ।’