सगरमाथा आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माण

1165
views

सोलुखुम्बु, ४, बैशाख । सगरमाथा आरोहणका लागि आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो निर्माण कार्य सम्पन्न भएको छ । गत चैत्र १८ देखि निर्माण सुरु गरेका समूहले (अप्रिल ११) अर्थात गत शुक्रबार क्याम्प दुईसम्मको बाटो बनाउने काम सकेको आईसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार क्याम्प दुईसम्म ११ स्थानमा भर्याङ राख्ने र अन्य क्षेत्रहरुमा डोरी समेत टागिएको छ । आईसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठ जनाको समूहले सगरमाथा अरोहणको लागी बाटो निर्माण गरेका हुन् ।

आधार शिविरदेखि क्याम्प एक र क्याम्प दुईसम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डाक्टरको समूहले निर्माण गरेका हुन् । बाटो निर्माण गर्ने आईफल डक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भ¥र्यायाङको व्यवस्थापन गरेको छ ।

आइसफल डाक्टरहरुको सहयोगमा भत्किएका बाटो पुनर्निर्माण गरिएको हो । हिमपातका कारण भत्किएका बाटो बनाउनुको साथै आरोहणको क्रममा प्रयोग हुने डोरी र भर्याङको समेत व्यवस्था मिलाईएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए ।

अहिले आरोहीहरु धमाधम क्याम्प १ हुँदै दुईतर्फ लागिरहेका छन् भने आधार शिविर आउने क्रम पनि जारी छ । केहि पर्यटकहरु आरोहणको तयारी गरीरहेका छन् । अब क्याम्प दुई हुँदै चुचुरो जाने बाटो निर्माण गरीने छ । आगामी बिहिबारदेखि क्याम्प दुई हुँदै चुचुरो जाने बाटो निर्माण गरीने छ । चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाईड कम्पनीले लिएको छ ।