नेकपा जनजागरण अभियानमा, प्रहरी सैन्य बेश क्याम्प बनाएको त्रासमा

1225
views

काठमाडौ, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले सैन्य बेसक्याम्प चलाएको भन्दै प्रहरीले पत्रकार सम्मेलन गरेपछि सो नेकपाले कुनैपनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ ।

नेकपाका पूर्वीकमाण्ड इन्चार्ज विरहीले देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढीकरण अभियान जारी रहेको तर, सैन्य गतिविधि नगरेको बताएका छन् ।

इन्चार्ज विरहीले नेकपाका कार्यकर्ताहरुले सिन्धुलीको हरिहरपुरगढि गाउँपालिमा सैन्य बेशक्याम्प संचालन गरेको भन्ने सूचना बनावटी र झुटो भएको बताका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विनोद शर्माले नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको दावी गर्दै पत्रकार सम्मेलन गरेका थिए ।

यसैबीच प्रहरीले सिन्धुलीबाट नेकपनिकट अखिल (क्रान्तिकारी) का २ जना नेतालाई गिरफ्तार गरेको छ । डिएसपी शर्माले एकजना केन्द्रीय नेता र अर्का जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको बताएका छन् ।

उनका अनुसार अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजन बस्नेत र सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल गिरफ्तार परेका हुन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको डिएसपी शर्माले बताए ।