समृद्धिको आधार पर्यटन प्रवद्र्धन स् मन्त्री बस्नेत

764
views

काठमाडौँ, १० बैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमलाई संबकोधन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्नसक्ने अवस्था सिर्जना गर्ने दाबी गरे । मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने मन्त्री बस्नेतको भनाई थियो ।

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरे । शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले आर्थिक समृद्धिका लागि लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री बस्नेतले शिखरपोष्ट मिडिया गु्रपको अर्को संस्करण शिखर अनलाइन टेलिभिजनको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।