नेपाली सेनाको ध्यानाकर्षण

1107
views

काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघको मिशन अनमिसको सेक्टर वेष्ट अन्तरगत नेपाली शान्ति सैनिक खटिएको ब्धभष् िसुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जवरजस्ती भित्र छिर्न खोज्दा भएको घटना सम्वन्धमा सञ्चार माध्यममा प्रकाशित समाचारबारे नेपाली सेनाले गम्भिर ध्यानाकर्षण गराएको छ ।

विभिन्न अनलाइन तथा प्रिन्ट मिडियाहरुमा विभिन्न कोणबाट समाचार प्रकाशन भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको एक प्रेस वक्तव्य मार्फत जनाएको छ ।

सेनाले उक्त घटना सम्बन्धमा अनमिस मिशन मुख्यालयसँगको समन्वय तथा सहकार्यमा छानविन समिति गठन गरी छानविन कार्य अगाडी बढाएको जनाएको छ ।

नेपाली सेनाले अनियमित यौनजन्य शोषणमा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाही गरिने प्रष्ट पारेको छ ।