रियाल मड्रिडद्वारा बायर्न म्युनिख पराजित

867
views

पर्वत, १३, बैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

जर्मन क्लव बायर्न म्युनिखको मैदानमा गएराति भएको खेलमा स्पेनिस क्लव रियाल मड्रिड २र१ ले विजयी भयो । खेलमा बायर्नका जोसुवा किमिचले पहिलो गोल गरे । तर रियाल मड्रिडका मार्सेलो र मार्को असेन्सीयोले एक–एक गोल गर्दैै टोलीलाई २र१ को महत्वपूर्ण अवे जित दिलाए ।

जितसँगै रियाल मड्रिडले फाइनल पुग्ने सम्भावना बलियो पार्दा पराजित टोली बायर्नको यात्रा भने कठिन भएको छ । फाइनल पुग्न बायर्न म्युनिखले अब दोस्रो लेगको खेलमा स्पेनीस क्लव रियाल मड्रिडलाई उसैको मैदानमा कम्तिमा २ गोलको अन्तरले हराउनुपर्ने हुन्छ ।