नगरपालिकाले किनेका किताब पढाउन विद्यालयले मानेन्

1728
views

महेन्द्र जिसी
पर्वत, १४ वैशाख । फलेवास नगरपालिकाले चालु शैक्षिक सत्रमा अंग्रेजी माध्यमको अध्यनका लागि छनौट गरेका पुस्तक विद्यालयले अस्विकार गरेका छन् । जनप्रतिनिधिहरुले छनौट गरेका पाठय सामाग्री विद्यार्थीहरुले पढन नसक्ने भन्दै विद्यालयहरुले अस्विकार गरेपछि पुस्तक अर्थविहिन बनेका हुन् ।

कक्षा शिशुमा नेपाली माध्यम पढेर आएका विद्यार्थीहरुले कक्षा एकमा एक्कासी अंग्रेजी पढन नसककेको भन्दै विद्यालयका शिक्षकहरुले जन प्रतिनिधिहरुले छनौट गरेका पुस्तक अध्यापन गराउन नसकिने बताएका छन् ।

नगरपालिकाले गुणस्तरीय भन्दापनि कमिसन दिने पब्लिकेशनका पुस्तक छनौट गरेर विद्यालयहरुलाई अध्ययन गराउन थालेपछि विद्यालयहरुले पुस्तक छनौट मै समस्या भएको बताएका हुन ।

विद्यार्थी मुल्याङ्कन र विद्यालयहरुको अवस्थाको अध्ययन नै नगरी नगर प्रतिनिधिहरुले किताब छनौट गरेर विद्यालयहरुमा जवरजस्ती लगाउँदा सामुदायीक विद्यालयको पढाईमा समस्या भएको फलेवास नगरपालिका–३ जनसहयोगी माविका प्रधानाध्यापक गणेश थापाले बताए ।

थापाले नगरपालिकाले छनौट गरेका पुस्तक बालबालिकाले अध्ययन गर्न नसकेपनि एसीया पब्लिकेशनका पुस्तकहरु अध्ययन गराउँदै आएको बताए ।

नगर कार्यपालिका सदस्य दिपक शर्माले तत्कालको लागि विद्यार्थीले अध्ययन गर्न नसकेपनि केही महिनापछि अध्यापन गराउन पुस्तक छनौट गरीएको बताए ।

शिक्षकहरुलाई तालिम दिइएको बताउँदै शर्माले केही समयपछि नगरपालिकाले छनौट गरेका पुस्तक पढाउन सक्ने बताए । नगरपालिकाले नगर हाता भित्रका सामुदायीक विद्यालयमा कक्षा एकमा पढने चार सय २५ बालबालिकाको लागि पुस्तक छनौट गरेर विद्यालयमा पु¥याउने काम भईरहेको जनाएको छ ।

नगरका प्रशासकीय अधिकृत मोती प्रसाद सापकोटाले नगरपालिकाले छनौट गरेका पाठ्य सामाग्री अनिवार्य भएको भन्दै अन्य पब्लिकेशनका पुस्तक विद्यालयहरुले आँफुखुशी पढाउन नपाउने बताए । तर विद्यालयहरु ले भने नगरपालिकाले छनौट गरेका पाठय सामाग्री पढाउन विद्यालयको अवस्था नभईसकेको बताएका छन ।

नगरपालिकाले कमीशनमा अलाईड र ग्रिन पब्लिकेशनका पुस्तक छनौट गरेर विद्यालयको शैक्षिक गुणस्तर खस्काउन लागेको सामुदायीक विद्यालयहरुले गुनासो गरेका छन । अभिभावकले दोहोरो किताब किन्नुपरेको गुनासो गरेका छन् ।