भट्टराई र यादवसँग प्रचण्डको गोप्य भेट

एमाले–माओवादी एकता कि भट्टराई, यादवसँग नयाँ समिकरण ?

1106
views

वैशाख २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच नयाँ मोर्चा बनाउने गृहकार्य सुरु भएको छ ।

मोर्चा बनाउने विषयमा प्रचण्ड, भट्टराई र यादवबिच भेटवार्ता भएको हो । शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए ।

एमालेसँग पार्टी एकताको प्रयास गरिरहेका प्रचण्डले एकता हुन नसक्ने अवस्था आयो भने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न भट्टराई र यादवलाई बोलाएको बुझिएको छ ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको आशंका छ । एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।