राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेविरुद्ध कडा कार्वाहीः प्रधानमन्त्री

6603
views

काठमाडौँ, २४, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र जातिका नाममा आतंक मच्चाउनेलाई सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिदैं राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेविरुद्ध कडा कार्वाही हुने बताए ।

सिंहदरमारमा राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताए । उनले बर्तमान सरकार राष्ट्र निर्माणको महा–अभियानमा लागेको दाबी गरे । उनले, ‘सरकार राष्ट्र निर्माणको महाअभियानमा लागेको बेला बाधा अबरोध गर्न खोज्नेहरुमाथि कडा कारबाही हुने चेतावनी दिए ।

राष्ट्र निर्माणमा अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनु पर्ने उनको भनाइ थियो ।

उनले नेपाली सेनाले सबै प्रकारका उतारचढाव भोग्दै राष्ट्रहितको पक्षमा उभिँदै आएको बताउँदै ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाईभित्रै देखि बलियो बनाउनु पर्नेमा जोड दिए ।