मोदीको भ्रमण कार्यक्रम स्वीकृत

595
views

काठमाडौं, २५ वैशाख । वैशाख २८ देखि २९ सम्म हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त बैठकले कारागार सुधारका लागि कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए ।

गरेको छ । त्यस्तै, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्दे्शिका २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसअघिसम्म रोजगारका लागि विदेश जाँदा नेपाली युवा कामदारहरूको विदेशमा बिचल्ली पर्ने गरेकाले त्यस्तो नहोस् भन्ने हेतुले विदेश जाँदा नै नेपाली नियोगले प्रमाणित गरेर मात्र जान पाउने व्यवस्था हुने भएको छ ।

कुनै वैदेशिक कम्पनीले जनशक्ति मागेको हो वा होइन, या ठगी गरेर युवालाई झुक्याएर विदेश पठाउन लागेको त होइन ? भन्ने विषयलाई नियोगले नै छानबिनपश्चात् प्रमाणित गरी पठाउने व्यवस्थाका लागि सो निर्णय गरिएको राज्यमन्त्री बाँस्कोटाले बताए ।