‘म मेरो देशको सिमाना पुगेर रोएँ’ ले पायो अर्वाड

1396
views

महेन्द्र जिसी
पर्वत, २५ बैशाख ।  लामो समय देखी गायन र नृत्यमा अग्रसर पर्वतका स्रस्टा मान जी सुरागमको ‘म मेरो देशको सिमानामा पुगेर रोएँ’ बोलेको गितले स्नेहा स्मृति अवार्ड २०७५ प्राप्त गरेको छ । वाग्लुङ सांगितिक स्थान गल्कोटमा आयोजित कार्यक्रममा रचनाकार मान जी सुरागमलाई उक्त अवार्ड सहित सम्मान गरिएको हो ।

स्नेहा स्मृति डिजिटल प्रा.लि. लगायत ५ वटा संस्थाहरुको संयुक्त आयोजनामा भएको अवार्ड कार्याक्रममा उक्त गित छनौट भएको थियो । स्नेहा स्मृति डिजिटल प्रा.लि.का प्रर्वद्धक देव साहानिले सुरागमलाई सम्मान गर्नुभएको हो ।

उक्त म्युजिक भिडियोेले नेश्नल फिलिंग विधामा अवार्ड प्राप्त गर्न सफल भएको हो । देशको सिमाना अतिक्रमण भईरहेको सन्दर्भमा म्युजिक भिडियो समय सन्दर्भ अनुकुल भएको भन्दै प्रालि सहित पाँच संगितका संस्थाहरुले सम्मान गरका हुन ।

म्युजिक भिडिओमा बिदेशी अतिक्रमण बढीरहेको र सिमानामा धावा बोलिरहेको बेला नेपाली वीरहरुले देखाएको वीरतालाई प्रस्तुत गरीएको छ । गीत भुपेन्द्र बिसिको निर्देशन, शुरेश रेग्मीको छायांकनमा निर्माण गरीएको थियो । संगित सुरागमले भर्नुभएको थियो । प्रमुख नायकको भूमिकामा रबिन्द्र रोकाले अभिनय गरेको गितमा शक्ति क्षेत्रीको शब्द रहेको छ ।