मोदी भ्रमणले जानकी मन्दिरमा सर्वसाधरणलाई रोक

1178
views

जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरका स्वागत गेटहरुमा उनका ठूला ठूला तस्विर सहिका पोष्टरहरु टाँगिएका छन् । मोदीले जनपुर स्थित जानकी मन्दिरमा पुजा दर्शन गर्नेछन् । उनको सुरक्षालाई मध्यनजर गर्दै शुक्रबार भारतीय प्रधानमन्त्रीले जनकपुर आएर दर्शन नगरुन्जेलसम्मका लागि जानकी मन्दिरमा सर्वसाधरणलार्ई प्रवेश निषेध गरिएको छ ।

विहीबार दिउँसो १२ बजेदेखि मन्दिरको सम्पूर्ण ढोकाहरु बन्द गरी सर्वसाधारणलाई पूजाअर्चना गर्न निषेध गरिएको हो । अब भीआईपी, सुरक्षा अधिकारी र स्वीकृति प्राप्त सञ्चारमाध्यका प्रतिनीधिहरुले मात्र मन्दिरमा प्रवेश पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री मन्दिरमा पूजा गर्न आउने भएकोले सुरक्षा संवेदनशीलताका कारण सर्वसाधारणको प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।