सुर्खेत प्रहरीले थालेको अपरेशन क्लिन–२ मार्फत अबैध मदिरा नियन्त्रण

2062
views

सुर्खेत, २७ बैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले केही महिनादेखि अपरेशन क्लिन–२ सञ्चालन गरी अबैध मदिरा नियन्त्रण गरेको छ ।

सो अप्रेशन मार्फत वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क लाईन र वीरेन्द्रनगर नगरपालिका–९ लिकोईलीबाट एकसय ५० लिटर अबैध घरेलु मदिरा, कच्चा पदार्थ ५५ लि र २ सेट मदिरा पकाउने सामाग्री बरामद गरेको छ ।

यस्तै गुर्भाकोट ननगरपालिका– ८ मेहलकुनाबाट ६० लिटर घरेलु मदिरा, १२ ड्रम कच्चा पदार्थ र २ सेट भाँडा कब्जामा लिएको छ । यस्तै भेरीगंगा नगरपालिका–९ जहरेबाट ५० लिटर तयारी अबैध घरेलु मदिरा, चार ड्रम कच्चा पदार्थ र १ सेट भाँडा, सोही नगरपालिका–११ रामघाटबाट ३४ लिटर तयारी अबैध घरेलु मदिरा र १ सेट भाँडा गरि जम्मा २९४ लिटर तयारी घरेलु मदिरा, १६ ड्रम साथै थप ५५ लि. कच्चा पदार्थ, ६ सेट मदिरा बनाउने भाँडा बरामद गरि नष्ट गरेको छ ।