बझाङवासी यार्सागुम्बा संकलनमा, विद्यालय बन्द

1344
views

बझाङ, ३१, बैशाख । सुर्मा गाउँपालिकाको वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि बझाङबासी खुशी भएका छन । यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौ विद्यालय बन्द भएका छन् ।

फाईल तस्विर


यार्सा संकलनका लागि सबैजसो घरबाट बालकदेखि वृद्धसम्म यार्सा संकलन गर्न जाँने भएकेले विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको छ । यो यार्सा टिप्ने समयमा यहाँका बासिन्दाको बर्षभरीको कमाई भएकोले तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ दलिचौ विकास व्यवस्थापन समितिका अध्यक्ष कलक बोहोराले बताए ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो ।

सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । यस क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा संकलन बिक्रि वितरण, जडीबुटी र भेडापालन हो ।

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर र यार्सागुम्बा संकलकले जथाभावी, वनमा आगजनी गरेकै कारणले बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनमा कमी आएको स्थानीयको भनाई छ ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।