काठमाडौं, ३१ बैशाख । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ । ला लिगा अन्तर्गत गएराती भएको खेलमा बार्सालाई लेभान्तेले ५–४ ले हराएको हो ।
लिगमा अपराजित रहँदै नयाँ किर्तीमान रच्ने दाउमा रहेको बार्सिलोनाको लक्ष्य पनि यो हारसँगै समाप्त भएको छ । गएरातीको खेलमा बार्सा विरुद्ध लेभान्तेलाई महत्वपूर्ण जित दिलाउन ईमानुएल बोटिङले ह्याट्रिक गरेका थिए ।
स्पेनिस ला लिगाको अर्को खेलमा ईस्पानियोलले मालागालाई ४-१ ले हराँउदा रियाल मड्रिडले सेल्टा भिगोलाई ६(० ले पराजित गरेको छ । ला लिगामा एक खेल मात्रै बाँकी छँदा च्याम्पियन बार्सीलोनाको ९० अंक पुगेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अंक छ भने ७५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।
चौथो स्थानको भ्यालेन्सीयाले ७० अंकको साथ च्याम्पियन्स लिग छनौट चरणमा स्थान सुरक्षित गरिसकेको छ । यसपटक डेपोर्टीभो लाकोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् ।