सरकारमा सहभागी हुने फोरमको संकेत

721
views

विराटनगर । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने संकेत देखाएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारेन्टी भए सरकारमा सहभागी हुने बताए ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यादवले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दाका विषयमा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पारे ।

अध्यक्ष यादवले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो भएको बताउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई सकारात्मक भएको टिप्पणी गरे ।

नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताए । फरक प्रसंगमा कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै उनले गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन गर्नु कानूनको दुरुपयोग हुने बताए ।