नयाँ मोडलको एभेन्जर मोटरसाइकल बजारमा सार्वजनिक

1335
views

अजय पौडेल
कावासोती, ७, जेठ । बजाज कम्पनीले नयाँ मोडलको एभेन्जर एक सय ८० स्ट्रीट मोटरसाइकल बजारमा सार्वजनिक गरेको छ।

नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेलले बजाज शो रुम कावासोतीमा आज आयोजित एक समारोह बीच उक्त मोटर साइकल सार्वजनिक गर्नु भयो ; उहाँले काबासोतीलाई अटो भिलेजका रुपमा विकास गरिने बताउनुभयो ।

एक सय ८० सिसि ईन्जिन क्षमता भएको एभेन्जर मोटरसाइकल आजबाट कावासोती लगायत देशैभरका डिलरहरुबाट सार्वजनिक गरिएको हो । करिब दुई लाख ७२ हजार रुपैयाँ मूल्य रहेको एभेन्जर मोटरसाइकलको बुकिङ सुरु भएको र आजबाट बिक्री शुभारम्भ गरिएको चेक इन अटो प्रा. लि.(बजाज शो रुम )का सन्चालक एवम् कार्यकारी निर्देशक राम शर्मा लामिछानेले जानकारी दिए ।

फो स्टक इन्जिन जडान गरिएको नयाँ एभेन्जर मोटरसाइकलमा १३ लिटर पेट्रोल क्षमताको ट्याङ्की रहेको उल्लेख गर्दै लामिछानेले उक्त मोटरसाइकलको माइलेज ४५ किलोमिटिर प्रतिलिटर रहेको बताए । पाँच गियर रहेको मोटरसाइकलमा दुई वर्षको वारेन्टी रहेको छ भने कालो र रातो रङमा मोटरसाइकल उपलब्ध भएको बताए ।

बजाज कम्पनीले नयाँ निकालेको एक सय ८० सिसि क्षमताको एभेन्जर मोटरसाइकलमा ठूलो चक्का रहेकोले लामो तथा छोटो दूरीको यात्राका लागि सहज हुने उनको विश्वास थियो। एभेन्जर एक सय ८० स्ट्रीटको सार्वजनिक समारोह स्तुति भट्टराईले सहजीकरण गरेकी थिइन् ।