अलैँचीका विरुवाको माग बढेपछि मूल्य निर्धारण

847
views

बेसीशहर, लमजुङ, १०, जेठ । लमजुङमा अलैँचीका विरुवाको माग बढेको छ । विरुवाको माग बढेपछि अलैँची विरुवाको मूल्य निर्धारण गरिएको छ ।

नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची विरुवाको मूल्य निर्धारण गरेको हो । मुल्य निर्धारण गरेपछि पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच र नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको छ ।

जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो ।
लम्जुङमा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ ।