विश्व–११ बाट खेल्न सन्दीप लण्डन पुगे

750
views

काठमाडौँ, १६ जेठ । बिहीबार (३१ मे) आईसीसी विश्व–११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तराष्ट्रिय म्याच खेल्न नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन पुगेका छन् ।

क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्ने छन् ।

आईसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।

वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।