सुनकाण्डका फरार एसएसपीले गरे अदालतमा आत्मसमर्पण

796
views

काठमाडौँ — ३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएपछी फरार रहेका एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार खत्री आफैं बिहीबार बिहान अदालतमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । स्रोतका अनुसार उनले आज बयान दिने छन् । फरार खत्रीको खोजीका लागि प्रहरी प्रधान कार्यालय नक्साललेसर्कुलर जारी गरेको थियो ।

फरार रहेका एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए ।

तर २०७३ चैत ४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।