सुन प्रकरणः उद्यमी सञ्जय खेतान पक्राउ

848
views

काठमाडौं,९ असार । साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा सरकारी छानबिन समितिले उद्यमी सञ्जय खेतानलाई पक्राउ गरेको छ । सुनतस्करीमा पक्राउ परेकाहरूकै बयानपछि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले खेतानलाई पक्राउ गरेको हो । खेतानलाई हिरासमा लिएको छ ।

गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको अनुसन्धानमा खेतानको हाल जेलमा रहेका डेविट उपनामकाभ वाङ्गेल घलेसँग बाक्लो सम्पर्क देखिएपछि पक्राउ गरिएको हो । खेतान हुन्डी कारोबारमा संलग्न रहेको पनि खुलेको छ ।