७१ मिनेटमा सेनेगल २ जापान १

643
views

मस्को- विश्वकप फुटबल अन्तर्गत आइतबारको दोस्रो खेलमा पहिलो हाफमा बराबरी खेलेको जापानमाथि दोस्रो हाफमा सेनेगलले दोस्रो गोल गरेको छ । अफ्रिकी टोली सेनेगलले खेलको १२ औं मिनेटमा एसियाली टोली जापानमाथि एक गोल गरेको थियो । १२ औं मिनेटमा साडियो मानेले सेनेगललाई अग्रता दिलाएका थिए ।

जापानले ३४ औं मिनेटमा गोल फर्काएको थियो । ताकासी इन्उईले तीन डिफेन्डरलाई छलाएर उत्कृष्ट गोल गरेका हुन् । ७१ मिनेटमा भने सेनेगलका मौसा वाग्युले उत्कृष्ट गोल गर्दै खेल २–१ मा पुर्याएका हुन्।

अघिल्लो खेलमा समूह ‘एच’ को जापानले कोलम्बियामाथि जित दर्ता गरेको थियो भने सेनेगलले पोल्यान्डलाई पराजित गरेको थियो । दोस्रो चरण प्रवेशका लागि दुवै टिमलाई जित आवश्यक छ ।