तात्कालिक हितलाई हेरेर छिमेकी चल्दैन–ओली

1123
views

काठमाडौ– चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई मात्र हेरेर चल्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुवै मुलुकसँगको सम्बन्ध सुधार भएको पनि दावी गरे । नेपालका निकट दुई छिमेकी मुलुकहरु विरुद्ध कुनै कार्ड नखेलिएको पनि प्रतिनीधि सभामा बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने काम नभएको स्पष्ट पार्दै ‘दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउन समझदारी बनाउने कोशिस गरेका छौं ।’

‘उहाँहरुका जायज चासो, चिन्ता र सरोकारलाई हामीले बुझेका छौ’ प्रधानमन्त्री ओलीले भने, ‘दुवै छिमेकीसँग पारस्परिक सहयोगको वातावरण तय गर्न चाहन्छौ । उहाँहरुका विकास उन्नती र प्रगतिबाट लाभान्वित हुन चाहन्छौ ।’