काँग्रेसभित्र अचम्मैको समिकरण, पौडेललाई अफर

1114
views

काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र गुट निस्तेज हुँदै गईरहेका बेला अहिले फेरी अचम्मको समिकरण बन्न लागेको छ । सो पार्टीका सभापति शेरबहादुर देउवाले नै बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमति, सहकार्य र एकता कायम गर्दै अघि बढ्नको लागि डिनरसहितको नयाँ अफर गरेका छन् ।

स्रोतका अनुसार नेता पौडेलले सभापति देउवाको डिनरमा सहभागी हुने ग्रिन सिग्नल दिईसकेका छन् । सम्भवतः उनीहरुबीच एकरदुई दिनभित्रै ‘डिनर–मिटिङ्’ हुँदैछ । देउवाले आगामी महाधिवेशनमा आफूलाई सभापति बनाउने हो भनेमात्रै सभापतिसँग सहकार्य गर्ने पौडेलको अडान छ ।

सभापति र बरिष्ठ नेताले नयाँ गठबन्धन बनाएपनि कांग्रेसभित्र दोस्रो पुस्ताका ५ नेताले अर्को गठबन्धन बनाउने भित्री तयारी थालेका छन् ।

स्रोतका अनुसार पछिल्लो समय सभापति देउवालाई सार्वजनिक रुपमै चूनौति दिँदै आएका नेताहरु महामन्त्री डा. सशांक कोइराला कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, र अर्जुननरसिंह केसीले पनि देउवा–पौडेललाई चूनौति दिन नयाँ गठबन्धन बनाएर जाने निधो गरिसकेका छन् ।