पर्वत प्रहरी गाँजा नष्ट गर्ने अभियानमा

773
views

पर्वत । पैयूँ गाउपालिका–२ घुम्सुङमा प्रहरीले गाँजा नष्ट गरेको छ । खेतवारीहरुमा उम्रिएका गाँजा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको हो । सो क्षेत्रमा पाँचसय बोट गाँजा नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

त्यसैगरी प्रहरी चौकी देउपुर पर्वतले पनि मोदी गाउँपालिका स्थित देउपुर तथा पातिचौर वडा एरियामा गाँजाकाबोटहरु नष्ट गर्ने अभियान थालेको छ ।

प्रहरी चौकी देउपुरबाट प्रहरी सहायक निरीक्षक भुवन वरामको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजाका वोटहरु नष्ट गर्दै आएको छ ।

किन गर्दैनन् स्थानीयले गाँजाको बोट नष्ट ?
गाँजाको बोटबाट आम्दानी हुने भएपछि स्थानीयले नष्ट गर्न चाहाँदैनन् । कतिपयले गाईवस्तुलाई औषधि उपचारको नाउँमा गाँजाका बोट राखिएको बताउँछन् । तर, गाँजाको नसामा रहेकाहरु गाँजा किन्न आएकोले गाँजा नष्ट गर्न नमान्ने प्रवृत्ति बढ्दै गएको केही स्थानीय बताउँछन् ।