नवलपरासी भूमहीमा बस दुर्घटना, एकको मृत्यु, २९ घाइते

781
views

नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २९ यात्रु घाइते भएका छन् । नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मी, मालिका गाउँपालिका–१, अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको बसमा च्यापिएर मृत्यु भएको हो ।

घाइतेहरुको भैरहवा मेडिकल कलेज रुपन्देही र भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको र घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।